चरिकोट । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्नावती धाममा लगाईएको महायज्ञमा एक करोड भन्दा बढी सहयोग जुटेको छ । जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालानका लागि लगाईएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञमा १ करोड ५ लाख भन्दा वढि नगद संकलन भएको हो ।
यही जेठ ७ गतेबाट १५ गते सम्म लगाईएको महायज्ञामा एक करोड ५ लाख भन्दा बढी नगद सहयोगनै संकलन भएको चर्णावती त्रिवेणी विकास तथा प्रवद्र्धन सङ्घका अध्यक्ष गुण बहादुर बुढाथोकीले जानकारी दिए । चर्नावती धाममा पर्यटन प्रवद्धन गर्नुका साथै जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि ९ दिनसम्म सो महायज्ञ लगाईएको थियो ।
महायज्ञमा विभिन्न व्यक्ती तथा संस्थाहरुबाट १३ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उक्त सहयोग छिट्टै प्राप्त हुने विस्वास आयोजकले लिएको छ । महायज्ञमा जिल्ला स्थित स्थानीय तहले पनि सहयोग गर्ने घोषणा गरेका छन् । जिरी नगरपालिकाले १० लाख, जिल्लाको वैतेश्वर गाउँपालिकाले १५ लाख ६० हजार, शैलुङ गाउँपालिकाले १५ लाख र मेलुङ गाउँपालिकाले १० लाख र अन्य पालिकाहरुबाट पनि सहयोग प्राप्त हुने बताईएको छ । उक्त सहयोग रकम अक्षयकोषमा रहने आयोजक संस्थाका अध्यक्ष बुढाथोकीले बताए ।