चरिकोट । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कु स्थित चर्णावती धाममा जारी महायज्ञमा सहयोग आउने क्रम जारी छ । उक्त श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रममा आईतवार एक जना समाजसेवीले १५ लाख २ हजार रुपैयाँ सहयोग गरेका छन् ।
जिल्लाको बैतेश्वर गाउँपालिका गैरीमुदी घर भई हाल काठमाण्डौं बस्ने समाजसेवी शारादा उप्रेती घिमीरेले उक्त सहयोग गरेकी हुन् । चर्णावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालान तथा चर्नावती त्रिवेणी रामघाट धामलाई धार्मीक पर्यटकीय स्थानको रुपमा विकास गर्ने उदेश्यले श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रम आयोजना गरिएको हो । शारदा घिमिरेले गरेको सहयोग महायज्ञमा हालसम्म प्राप्त भएका सहयोग मध्ये सबैभन्दा बढी हो ।
घिमीरेले यस अघिपनि चर्नावती धाममा विभिन भौतिक सामग्रीहरु सहयोग गर्दै आएकी छन् । त्यसैगरी मेलुङ गाउँपालिका वडा नम्वर ६ निवासी श्याम थापाले पनि २ लाख ५१ हजार रुपैयाँ रकम हस्तान्तरण गरेका छन् । महायज्ञमा हाल आर्थिक संकल हुने क्रम जारी छ ।