चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ मा सोक्ला रक क्लाईम्विङ महोत्सव हुने भएको छ । भीमेश्वर नगरपालिकाको आयोजनामा जेठ १८ र १९ गते दुई दिन महोत्सव हुन लागेको हो । साहसिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको सोक्ला गाउँमा रक क्लाईम्विङ गरेर औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटन कार्यक्रममा झाँकि तथा स्थानीय सँस्कृति झल्किने कार्यक्रम समेत हुने आयोजकले जनाएको छ । आयोजक संस्थाका अनुसार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सव स्थलमा माउन्टेण्ड गाईड एसोसिएसन अफ नेपालका अध्यक्ष सञ्जिव गुरुङ, उपाध्यक्ष तथा ८औं पटक सहगरमाथा आरोही पासाङ भोटे र महाचिव रामकाजि तिवारीको टोलीले सोक्ला रक क्लाईम्विङको २ वटा रुट निर्माण गरिसकेको छ । २५÷२५ मिटरको दुई वटा सिंगल पिचको रक रुट तयार गरीएको हो । रक क्लाईम्विङ महोत्सवमा १० लाख खर्च हुने बताईएको छ ।
आयोजकका अनुसार महोत्सवमा २५० जना आरोही सहभागी हुने अपेक्षा छ । रक क्लाईम्विङको सम्भावनाको अध्ययन, प्रारम्भिक रुट निर्माणसँगै रक क्लाईम्विङको परिक्षण भैसकेको छ । ४०० मिटर उचाईमा रहेको सोक्लाको भीरमा हुने रक क्लाईम्विङले त्यस क्षेत्रको ग्रामिण पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने जनाईएको छ ।
यहाँको ग्रामिण विकास, सडक सञ्जालको स्तरउन्नती, ग्रामिण पर्यटन प्रवद्र्धन, होमस्टेको अवधारणाको विकास गर्ने । स्थानीयमा आत्मानिभर तथा हुने अर्गानिक उत्पानमा समेत टेवा पुग्ने छ ।