Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कृषि ज्ञान केन्द्र रामेछापको अनुरोध..

कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा, जिवीकोपार्जन एवम् स्वस्थ जीवन र वातावरणको मूख्य आधार हो। त्यसैले कृषि जैविक विविधता जोगाउन 

  • उपयोगी वनस्पति एवम् जीवजन्तुको वासस्थान संरक्षण तथा सम्बर्धन गरौं । 
  • पशुपालन सहितको मिश्रित खेती प्रणाली अपनाऔं । 
  • एकल वालीको सट्टा बहु वालीको खेती गरौं, रैथाने वाली एवम् जातको संरक्षण गरौं । 
  • सकेसम्म कम खनजोत गरौं तथा छापो वाली लगाऔं । 
  • वाली कटानी गरेपछि जरा एवम् ठुटाहरु जमिनमा नै छाडौं । 
  • रासायनिक मलको सन्तुलित प्रयोग गरौं । 
  • प्रांगारिक एवम् जैविक मलको प्रयोग बढाऔं र वानस्पतिक विषादीको प्रयोग गरौं । 
  • मानव सभ्यता जोगाउन कृषि जैविक विविधताको संरक्षणमा सबैले पहल गरौं ।

जीवन तथा वातावरणको लागि कृषि जैविक विविधता
राष्ट्रिय कृषि जैविक विविधता वर्ष, २०७९ को लागि कृषि ज्ञान केन्द्र, रामेछाप

कृषक दाजुभाइ तथा दिदीबहिनीहरुमा अनुरोध..
ठाउँ अनुसार हुने स्थानीय तथा रैथाने वालीको पनि खेती गरौं किनभने

  • रैथाने वाली जस्तै कोदो, फापर, उवा, जौ, लट्टे मा पनि सबै खाले पोषक तत्वहरु पाईन्छ ।
  • कम मलिलो र कमसल जग्गामा पनि खेती गर्न सकिने । 
  • सुख्खा खडेरी सहन सक्ने र अन्य वालीको तुलनामा रोग कीरा कम लाग्ने । 
  • सिंचाई र मल पनि कम भए पुग्ने । 
  • धान चामलको आयात कम गरी परनिर्भरता हटाउन सकिने । 
  • शहर बजारमा बढ्दो मागका कारण विक्री गरी फाईदा लिन सकिने । 
  • भोकमरी एवम् कुपोषण कम गर्न सकिने ।

स्थानीय एवम् रैथाने वालीको खेती गरौं
निरोगी र आत्मनिर्भर बनौं

चामल र मैदाको तुलनामा कोदो, फापर, चिनो, कागुनो, लट्टे आदिमा शरिरको लागि आवश्यक पोषक तत्वहरु प्रायः बढि पाइने हुनाले यिनको नियमित सेवन गरेमा मुटु रोग, मधुमेह, उच्च रक्तचाप लगायतका रोग लाग्ने जोखिम कम हुनुका साथै बाल बालिकामा हुने कुपोषण र महिलामा हुने रक्त अल्पता समेत घटाउन सकिन्छ । 

तसर्थ :

खानेबानीमा परिवर्तन गरौं, 
दैनिक भोजनमा यस्ता बालीका परीकारहरुलाई समावेश गरि निरोगी बनौँ ।

कृषि ज्ञान केन्द्र, रामेछाप
 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update