चरिकोट । तामाकोशी नदीमा मृत फेला परेका भीमेश्वर नगरपालिका-१, का सवारी चालकको सडक डिभिजन कार्यालयको लापरबाहीका कारण मृत्यु भएको आरोप लागेको छ । मृतक सडक डिभिजन कार्यालय चरिकोटका सवारी चालक थिए ।कार्यालयको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै परिवारजन र आफन्तजन आन्दोलनमा उत्रिएका छन् । पीडित परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने उनीहरूको माग छ ।
मृतकका आफन्तले सडक बिभागका ठेकेदारको आग्रहमा चालक नारायण थामी काम गर्न गएकोले मृत्यु भएको बताएका छन् । उनीहरूले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय चरिकोट परिसरमा प्रदर्शन गरेका छन् । ठेकेदार झिकाएर आफूहरुको माग सम्बोधन गर्नुपर्ने माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । चालकले पाउने बिमा वापतको रकम मृतकका परिवारले पाउनुपर्ने उनीहरूको माग छ । डाईभरको मृत्यु शंकास्पद भएकोले पीडितले न्याय पाउनुपर्ने भन्दै टायर बालेर प्रर्दशन भएको हो ।
भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीका ३६ बर्षिय नारायण थामी जेठ ८ गते मृत फेला परेका थिए ।