Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधी भारतीय खेलाडीलाई

चरिकोट । दोलखा सदरमुकाम चरिकोटमा सप्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा भारतीय खेलाडीहरुको बर्चस्व देखिएको छ । प्रतियोगिताको उपाधि भारतीय खेलाडी इन्द्रजित महिन्द्रकारले जितेका छन् । गत जेठ ५ गतेदेखि सुरु भएको प्रतियोगितामा महिन्द्रकारले सबैभन्दा बढी ८.५ अंक ल्याएर उपाधि जितेका हुन्। उपाधि जितेसँगै उनले नगद एक लाख, सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन्। 

प्रतियोगिताको दोस्रो र तेस्रो स्थानमा क्रमशः वेदान्त नगरकाट्य र मोहितकुमार सोनी रहेका छन्। उनीहरू पनि भारतीय खेलाडी हुन् । उनीहरूले क्रमशः ६० हजार र ४० हजार नगसहित सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् ।

दोलखा चेस होमले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा १२ वर्षमुनिको छुट्टै प्रतिस्पर्धीमा पनि भारतकै ६ वर्षीया बालिका अनुपरिया यादवले कब्जा जमाएकी छन्। विजयी प्रतियोगीहरूलाई एक कार्यक्रमका बीच कांग्रेस नेता एवं पूर्वमन्त्री शंकर भण्डारीले पुरस्कार वितरण गरे।

प्रतियोगितामा पाँच देशका एक सय ५६ खेलाडी सहभागी भएको आयोजक संस्थाका गोबिन्द श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update