Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा ३ महिनाको अवधिमा २६ घर जलेर नष्ट,सबैभन्दा बढि कालिन्चोक गाउँपालिकामा क्षति

दोलखा – दोलखामा ३ महिनाको अवधिमा आगोलागिबाट २६ वटा घर जलेर नष्ट भएका छन । चालु आर्थिक वर्ष २०७९ ÷ ८० को गत माघ महिना देखि चैत्र मसान्त सम्म आगोलागिबाट २६ घर जलेर नष्ट भएका हुन । जसमा सबै भन्दा बढि आगोलागि बाट कालिन्चोक गाउँपालिकामा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार कालिन्चोक गाउँपालिकामा गत माघ महिना देखि चैत्र मसान्तसम्म मात्रै १८ वटा घर जलेर नस्ट भएका छन । त्यसैगरि मेलुङ गाउँपालिका एक घर,शैलुङ गाउँपालिकामा ३ घर,भिमेश्वर नगरपालिकामा १ घर,तामाकोशि गाउँपालिकामा १ घर ,विगु गाउँपालिकामा १ र गौँरिशकर गाउँपालिकामा १ घर जलेर नष्ट भएको सहायक प्रमुख जिल्ला अधिकारि औलाख बहादुर आलेले जानकारी दिनुभयो । 
गत माघ महिना देखि चैत्र मसान्त सम्म जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकामा भने आगोलागिबाट कुनै पनि घरमा क्षति नभएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । 


 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update