नागरिक समाजको अगुवाईमा काठमाण्डौंमा भ्रष्टाचारबिरुद्ध प्रदर्शन
काठमाडौं । नागरिक समाजको अगुवाईमा काठमाण्डौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्र्दै शनिवार प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीले करोडौंको महल तिमीलाई कसले किन्दियो, नेताहरुको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भई भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए । विरोध प्रदर्शनमा नागरिक समाजका अगुवा, पत्रकार, कलाकार राजनीतिक दलका दलका सांसद लगायतले सम्वोधन गरेका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० १४:३१
प्रतिक्रिया दिनुहोस्