संखुवासभा । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घट्ना भएको छ । भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएपनि क्षतिको बिवरण आईसकेको छैन । उक्त हेलिकप्टर हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर गएको थियो ।
हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको बताईएको छ । संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, शुक्रबार दिउँसो १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको हो । प्रमुख कोइरालाले दुर्घटनामा मानवीय क्षति नभएको बताए । उद्धारका लागि केही बेरअघि सैनिक खाँदबारीबाट हेलिकप्टर पठाइएको उनले जानकारी दिए ।
हेलिकप्टरले माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए । हेलिकप्टरमा चालकसहित ४ जना रहेका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।