Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपालले एसीसी प्रिमियर कपको उपाधी जित्यो, एसिया कपमा छनौट

काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपका लागि छनौट भएको छ । नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपको स्थान सुरक्षित गरेको हो । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।

११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख ९८० सातौं ओभरको पहिलो बलमै आउट भए ।


कप्तान रोहितकुमार पौडेल आउट भएपछि नेपाल केही दबाबमा परेको थियो । तर गुल्शनले भीम सार्कीसँग मिलेर नेपाललाई जिताए । दुवैले चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरे ।

८४ बलको सामना गरेका गुल्शनले तीन चौका र ६ छक्का हाने । ७२ बलमा अविजित ३६ रन बनाएका भीमले पनि चार चौका हानेका थिए । एसिया कपमा स्थानी बनाएको नेपाल समूह एमा परेको छ । यो समूहमा भारत र पाकिस्तान रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update