दोलखाको भीनपा ९ का पुर्ब जनप्रतिनिधि तामाङ वाथरुममा मृत फेला
चरिकोट । दोलखामा एक जना पुरुष वाथरुममा मृत फेला परेका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ९ झिगानेका सञ्जे भनिने ६२ वर्षिय लालबहादुर तामाङ मृत फेला परेका हुन् ।
शौचालयमा लडेको अवस्थामा फेला परेका उनलाई उपचारका लागि सदरमुकाम चरिकोट स्थित पशुपति स्मृति अस्पताल लगिएको थियो । चिकित्सकहरुका अनुसार अस्पताल पुग्दा उनको मृत्यु भैसकेको थियो ।वाथरुममा कपडा धुदाधुदै परेको चट्याङ लागेर उनको मृत्यु भएको अनुमान गरिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार मृतक तामाङको घाटी र खुट्टामा सामान्य चोट लागेको छ । घटना बुधबार नै भएपनि घरमा कोहि नभएको बेला घटना भएकोले ढिलोगरी थाहा भएको बताईएको छ । उनी चरिकोटमा भाडाको घरमा बस्दै आएका थिए । वडाका पुर्व जनप्रतिनिधि तामाङ राजनीतिक र सामाजिक कार्यमा सक्रिय थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० २३:१२
प्रतिक्रिया दिनुहोस्