Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा । वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठका अनुसार बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

यसैगरी बैठकले युवा वैैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update