काठमाडौँ । यही बैशाख १० गते सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा ठुला राजनीतिक दलहरुप्रति मतदातामा बिकर्षण देखिएको छ । लामो आन्दोलन, भूमिगत र जेल जीवनका कथा दोहोर्याउने पुराना पुस्ताको नेतृत्वमा रहेका दलको सट्टा युवा पुस्ताको नेतृत्वमा रहेका दलप्रति मतदाताको आकर्षण देखिएको हो ।
तनहुँमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारले ल्याएको कुल मतभन्दा ६ हजार बढी मतसहित नवोदित रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन् भने चितवनमा रास्वपा सभापति रवि लामिछानेले कांग्रेस गठबन्धन र एमालेका उम्मेदवारभन्दा ५र५ गुणाभन्दा धेरै मत प्राप्त गरेका छन् ।
बारा–२ मा पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपासहितको समर्थनमा उम्मेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई एक्लै प्रतिस्पर्धामा रहेको जनमत पार्टीले कडा टक्कर दिएको थियो । यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् । यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् ।
यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् । चितवन–२ मा ५४ हजार १ सय ७६ मत पाएका लामिछाने अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तरसहित विजयी भएका छन् । प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत मात्रै पाएका छन् । लामिछानेले प्राप्त गरेको मत कुल सदरमतको ६९ प्रतिशत हो र यो गत मंसिरमा प्राप्त गरेकोभन्दा बढी मत र मतान्तर हो ।
कांग्रेस र एमालेले चितवन–२ लाई जित्ने सूचीमा राखेका थिएनन् । तर, अघिल्लो चुनावको तुलनामा मत बढाउने कसरत उनीहरूको थियो । पहिलेभन्दा मतदान कम भए पनि लामिछानेले ४ हजार ९ सय १२ मत बढाएर आफ्नो लोकप्रियता अझै बढेको सावित गरेका छन् । २०७४ मा वाम गठबन्धन हुँदा एमालेका कृष्णकुमार (किसान) श्रेष्ठबाहेक तनहुँ–१ मा सधैं जितेको कांग्रेसले यसपालि प्रतिष्ठाको लडाइँ बनाएको थियो ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेसको रणनीति र कार्यक्रम असफल भइसकेकाले नेतृत्वको मुद्दा नै मुख्य सवाल हुनुपर्ने बताउँछन् ।