Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी

काण्ठमाण्डौं - सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा आज जारी गर्ने भएको छ । त्यसका लागि मुख्य सचिव लोकदर्शन रेग्मीले नक्सा प्रमाणीकरण गरिसकेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्ताव अनुसार मुख्य सचिव रेग्मीले तीन वटै ठाउँलाई दार्चुला जिल्लाको व्यास गाउँपालिकाामा समेटेर नक्सा प्रमाणीकरण गरेका हुन् । प्रमाणित नक्सा बुधवार भूमि व्यवस्था मन्त्रालयले सार्वजानिक गर्न लागेको उच्च स्रोतले जनाएको छ । नयाँ नक्सा अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर हुनेछ ।

अतिक्रमित भुभागको बाहेकको नेपालको क्षेत्रफल एक लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर रहेको छ । नक्सा सार्वजानिक गरेसँगै देशभर प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाही समेत अगाडी बढाईएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update