Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
काठमाण्डौंमा भएको आगलागीमा दोलखा बोचका युवक बेपत्ता, मृत्यु भएको आशंका

काठमाण्डौं । काठमाडौंमा भएको आगलागी घट्नामा दोलखाका एक युवक बेपत्ता भएका छन् । काठमाण्डौं–१३ बाफलचोकमा शुक्रवार राति भएको आगलागीमा परी दोलखा भीमेस्वर नगरपालिका–८, बोचका २० बर्षीय भुपेन्द्र बस्नेत बेपत्ता भएका हुन् । उनको आगलागीमा परी मृत्यु भएको आशंका गरिएको छ ।

नारायणी पेट्रोल पम्प पछाडि रहेको श्यामकृष्ण महर्जनको दुई तले गार्मेन्टमा शुक्रवार राती आगलागी भएको थियो । परिवारजनका अनुसार बस्नेत सोही गार्मेन्टमा कार्यरत थिए ।  उद्योगमा सवारी चालकको काम गर्दै आएका बस्नेत आगलागी हुँदा सोही उद्योगभित्र रहेको बताईएको छ ।

गार्मेन्ट उद्योगभित्रै बस्ने गरेका बस्नेत शुक्रवार राति ८ बजेसम्म सोही स्थानमा रहेको सूचना प्राप्त भएको र आगलागीको घटनापछि उनी सम्पर्कविहिन रहेको परिवारजनले बताएका छन् ।

आगलागी भएको गार्मेन्ट उद्योगबाट मानिसको शरीरको दाहिने खुट्टाजस्तो देखिने पैतलाको भाग जलेको अवस्थामा फेला परेको छ । घट्नास्थलमा मानिसको खुट्टाको पैतला जस्तो देखिने भाग फेला परेको र सो भागलाई अनुषन्धानका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको प्रहरीले जनाएको छ । उक्त गार्मेन्ट उद्योग मकवानपुरका निश्चल अग्रवालले संचालन गरेका हुन्  

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update