एक सातापछि सर्यो वैशाख १० गतेको परीक्षा
काठमाडौं । यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै सो दिनका परीक्षा वैशाख १६ गतेलाई सारेको हो ।
वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यही दिन बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा त्रिविले तोकेको थियो ।
अब यी परीक्षाहरु वैशाख १० गते सन्चालन नगरी वैशाख १६ गते सन्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा उल्लेख छ । सारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा सन्चालन हुने सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० ०६:१७
प्रतिक्रिया दिनुहोस्