Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
उत्कृष्ट विद्यार्थी ‘स्पीकर’ छनौट गर्न दोलखामा प्रतियोगिता हुने, आकर्षक पुरस्कार दिईने

चरिकोट । दोलखाका माध्यामिक विद्यालयहरुबाट उत्कृष्ट विद्यार्थी बक्ता छनोट गरिने भएको छ । माध्यामिक विद्यालय तहका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराई उत्कृष्ट बक्ता छनोट गर्न लागिएको हो । दोलखाली समाज दक्षिण कोरियाले जिल्ला स्तरिय बतृत्वकला प्रतियोगिता मार्फत मावि तहको विद्यार्थी स्पीकर छनोट गर्ने घोषणा गरेको छ ।

दोलखाली समाज दक्षिण कोरियाका कार्यकारी अध्यक्ष अभि थापाले विद्यार्थीहरुको प्रतिभा पहिचान र प्रस्फुटन गर्ने उदेश्यले जिल्लास्तरिय वतृत्वकला प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा पालिका स्तरमा प्रतियोगिता संचालन हुनेछ । पालिका स्तरमा भएको प्रतिस्पर्धाबाट उत्कृष्ट घोषित भएका प्रतियोगीहरुलाई जिल्ला स्तरको प्रतिस्पर्धा (ग्राड फिनाले) मा सहभागी गराईने बताईएको छ । 

आयोजक संस्थाले पालिका स्तरमा अडिसन राउण्डको प्रतिस्पर्धा यही वैशाख मसान्त भित्र सम्पन्न गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । अडिसन राउण्ड सम्पन्न भएपछि जिल्ला स्तरिय प्रतियोगिताको शिर्षक, मिति र स्थान सार्वजनिक गरिने आयोजक संस्थाका अध्यक्ष थापाले बताए । 

दोलखाली समाज दक्षिण कोरियाका महासचिव दशरथ गिरीले जिल्ला स्तरियमा प्रतियोगिताका विजेता अर्थात प्रथम हुनेले ३० हजार, द्धितीयले २० हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गर्ने सूचना मार्फत जानकारी दिएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update