Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अर्थ मन्त्रालयले बनायो विज्ञ सल्लाहाकार समूह

काठमाडौँ । अर्थमन्त्रालयको सल्लाहकारमा ३ जना नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले आर्थिक सल्लाहकारहरूमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

अर्थमन्त्रालय स्रोतका अनुसार पौडेल र पाण्डेलाई अवैतानिक रुपमा सल्लाह दिनेगरी मन्त्रालयको विज्ञमा नियुक्त गरिएको हो । भट्टलाईलाई राष्ट्र बैंकबाट काजमा मन्त्रालय तानिएको हो । बजेट निर्माणमा उनीहरुले मुख्य भूमिका खेल्ने बताईएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update