कोरोना संक्रमितको मृत्युदर बढ्दै, सेती अस्पतालमा अर्का संक्रमितको मृत्यु
काठमाण्डौं । कोरोना संक्रमणबाट मृत्यु हुने क्रम बढ्न थालेको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो ।
उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० ०९:५९
प्रतिक्रिया दिनुहोस्