काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आईतवार नयाँ मन्त्रीहरुलाई शपथ खाएपछि मन्त्रिपरिषद आठौं पटक बिस्तार हुनेछ । परराष्ट्र मन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने निश्चित भएको छ ।
अन्य मन्त्रीहरुको भने टुंगो लागेको छैन । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार अन्य मन्त्रीहरुको पनि टुंगो लगाउने गृहकार्य भैरहेको छ । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए । आज साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहनेछन् ।
प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ । तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।