Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रधानन्यायधीस नियुक्ति प्रक्रिया अघि बढाउन बारको अल्टिमेटम

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायधीस नियुक्ति प्रक्रिया अघि बढाउन अल्टिमेटम दिएको छ । एशोसिएसनले आज पत्रकार सम्मेलन गर्दै डेढ साताभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । 

बुधबार पत्रकार सम्मेलन गरी नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले माग पूरा नभए आन्दोलनको घोषणा गर्ने बताए । बार पदाधिकारीले प्रधानन्यायाधीश छिटो नियुक्तिबारे ध्यानाकर्षण गराउन भोलि (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम छ ।

आफूहरुले दिएको अल्टिमेटमबारे जानकारी गराउने योजना रहेको अध्यक्ष घिमिरेले बताए । महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा निलम्बित भएदेखि सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।

त्यसपछि काम प्रधानन्यायाधीश बनेका दिपककुमार कार्कीले गत असोजमा अवकाश पाएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन् ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update