Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
फेरी फैलिन थाल्यो डेंगु, महामारीको रुप लिनसक्ने जोखिम 

काठमाडौं । डेंगु संक्रमण यसवर्ष बर्खा नलाग्दै फैलिन थालेको छ । गत वर्ष असारदेखि डेँगु संक्रमण सुरु भएको थिाये । यो वर्ष हिउँदमा समेत केस शून्य नभएपछि गत वर्षझैँ संक्रमणले महामारीको रूप लिने जोखिम बढेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार अंग्रेजी वर्ष २०२३ को तीन महिनामा ५२ जिल्लामा डेंगु संक्रमित देखिएका छन् । 

सन् २०२२ मा ५४ हजार ७८४ जनामा संक्रमण देखिएको थियो । तीमध्ये ८८ जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ । संक्रमित र मृत्युको यो संख्या नेपालमा डेंगु संक्रमण सुरु भए ९सन् २००४० यताकै धेरै हो ।

जनवरीयता अप्रिल दोस्रो सातासम्म ४३५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमण देखिनेमा काठमाडौं उपत्यकासहित म्याग्दी, दार्चुला लगायतका ५२ जिल्लाका ११२ पालिका छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update