Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अमेरिकाको केन्टकी शहरमा गोली चल्यो, पाँच जनाको मृत्यु

काठमाडौं । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चलेको छ । उक्त घट्नामा पाँच जनाको मृत्यु भएको छ भने तीन प्रहरीसहित ९ जना घाइते भएका छन् ।

ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।


उनले हानेको गोली लागेर चार जनाको मृत्यु भएको र प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले बन्दुकको हिंसाबाट अमेरिका शोकमा परेको बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update