काठमाडौं । टीआरसी लगायतका विद्येयकबारे प्रमुख दलका शिर्ष नेताहरुबीच छलफल भएको छ । संसदमा विचाराधीन विधेयकबारे प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शिर्ष नेताबीच सम्वाद भएको हो ।
सभामुख देवराज घिमिरेको पहलमा शनिवार भएको छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए । छलफलपछि सभामुख घिमिरेले भने, ‘नेताहरुको बीचमा आपसमा बसेर सामुहिक विषयमा कुराकानी नभइरहेको परिस्थिति थियो, उहाँहरुको बीचमा कुराकानी गराउन पहल गरेको हुँ ।’
सिंहरदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा संसदमा विचाराधीन विधेयकलाई अगाडि बढाउन सकारात्मक कुराकानी भएको नेताहरुले बताएका छन् । भेटपछि प्रधानमन्त्री प्रचण्डले सदनभित्रको टीआरसी, संवैधानिक परिषद र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी छ भन्ने कुरामा गम्भीर छलफल भएको बताए । नेताहरुका अनुसार अर्को बैठक २८ गते बिहान साढे ९ बस्ने तय भएको छ ।