सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । कर्मचारीलाई तलबभत्ता खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको उनले बताए । त्यसका लागि आवश्यक नीति, कार्यक्रम र बजेट निर्माण गर्ने तयारी भैरहेको उनले जानकारी दिए ।
‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको, कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ । यसबाट मुक्ति हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछौं ।’ उनले भने।
अर्को प्रसंगमा मन्त्री खड्काले केन्द्रीय गठबन्धन अनुसार सबै प्रदेश सरकारमा पनि गठबन्धन हुने बताए । शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कर्णालीमा चाँडै नै काँग्रेस सरकारमा जाने बताएका हुन् । एमालेसँगको गठबन्धन अप्राकृतिक भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको मन्त्री खड्काको जिकिर छ ।