रामेछाप कारागारमा एक कैदीको मृत्यु
मन्थली । रामेछाप मन्थली स्थित कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु तामाकोशी गाउँपालिका–५ का ५२ बर्षिय बिरे दर्जीको रहेका छन् । उनी अदालतको आदेशपछि कर्तव्य ज्यान मुद्धामा पुर्पक्षको लागि कारागारमा थिए ।
प्रहरीको अनुसार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका दर्जीको उपचारको क्रममा मृत्युु भएको हो । कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङका अनुसार शुक्रबार दर्जीलाई अचानक पेट दुखेपछि उपचारका लागि जिल्ला अस्पताल रामेछाप भर्ना गरिएको थियो ।
मृतक दर्जीलाई कर्तव्य ज्यान मुद्धामा रामेछाप जिल्ला अदालतले २०७९ फागुन ४ गते पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको थियो । उनी १ महिना १९ दिन देखि पुर्पक्षका लागि कारागारमा थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ २२:३५
प्रतिक्रिया दिनुहोस्