मन्थली । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) जिप दुर्घटना भएको छ । दुर्घट्नामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना बढी घाईते भएका छन् । मृत्यु हुनेमा मन्थली नपा–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ रहेका छन् ।
प्रहरीका अनुसार घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्थानीयका अनुसार तीन वटा शव पाखामा र एउटा शव गाडीले थिचेको अवस्थामा भेटिएको छ । स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ ।
मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बोलेरो सडकबाट करिब एक यस मिटर तल खसेर दुर्घट्ना भएको हो । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।