Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जेठ ५ गतेपछिको लकडाउन मोडालिटी : जोखिम क्षेत्र हेरी खुकुलो र कडाई

काठमाडौँ — सरकारले जेठ ५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई आग्रह गरेको छ । समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्नेगरी सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

त्यसअघि समितिले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफल गरेको थियो । अहिलेको अवस्था र लकडाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल भएको हो । छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् ।

जेठ ५ गतेपछि उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रका आधारमा लकडाउन कडा र खुकुलो पार्नेगरी समितिले सरकारलाई सुझाएको हो । समितिका एक सदस्यले जोखिमको स्तरअनुसार कडा र खुकुलो पार्नेगरी लकडाउन थपिने संभावना रहेको जानकारी दिए ।

समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइटमार्फत पठाउने निर्णय पनि गररेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update