Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोशी नामकरण : समर्थन जनाएपछि माओवादीद्धारा गल्ती स्वीकार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणमा गल्ती भएको जनाएको छ । उक्त नामाकरणमा गल्ती भएको स्वीकार गर्दै माओवादीले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बुधबार बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ । 

नामकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको उपाध्यक्ष कृष्णबहादुर महराले बताए । उनले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिए । 

माओवादीले कोशी प्रदेश नामाकरणपछि भएको आन्दोलनको क्रममा निधन भएकाहरुलाई सहिद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बैठकले मिटरब्याजी पीडितहरुको पक्षमा माओवादी केन्द्र पनि रहेको भन्दै सरकारले छानबिन गरेर समस्याको हल खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update