Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मधेस प्रदेश सरकारबाट एमाले मन्त्रीहरुले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले मंगलबार राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष उनीहरुले राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा दिने मन्त्रीहरुमा भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव राय रहेका छन् । 

सोमबार राति मुख्यमन्त्री यादवले फोन गरेर एमालेका मन्त्रीहरुलाई राजीनामा बुझाउन भनेका थिए । २७ पुसमा एमालेले समर्थन दिएपछि जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update