Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एमालेनिकट जनजाति महासंघको नयाँ नेतृत्व चयन

काठमाडौं । नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा पासाङ शेर्पा निर्विरोध निर्वाचित भएका छन् । महासंघको दोस्रो महाधिवेशनले सर्वसम्मतरूपमा पासाङलाई अध्यक्ष र पेम्बा गुरुङ भोटेलाई महासचिव चयन गरेको हो ।

अध्यक्षमा निर्वाचित शेर्पा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य हुन् । त्यस्तै पेम्बा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव तथा संविधानसभा सदस्य हुन् । महासंघको उपाध्यक्षमा मीना गुरुङ, विजय लोप्चन, देवनारायण चौधरी र ज्ञानेन्द्र पुन सर्वसम्मत भएका छन् भने उपमहासचिवमा देवराज राई र प्रेम श्रेष्ठ निर्वाचित भएका छन् ।

आठजना सचिवमा महिलाबाट हिरुसरा राना, मधेसबाट सर्लाहीकी शान्ति लामा पाख्रिन, बागमतीबाट मन्दिरा श्रेष्ठ, कर्णालीबाट सोना छिरिङ लामा, कोशीबाट श्याम तुमरोक, बागमतीबाट हर्कमान तामाङ, गण्डकीबाट हुम गुरुङ, लुम्बिनीबाट विवेक श्रेष्ठ चयन भएका छन् ।

महासंघको कोषाध्यक्षमा ज्योती लामा चयन भएका छन् महाधिवेशनबाट २२१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको र नवनिर्वाचितहरूको शपथग्रहण आजै एमाले कार्यालयमा हुने महासचिव पेम्बा भोटेले बताए ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update