Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विरगञ्जदेखि दोलखा आएका दुबै जनामा कोरोना संक्रमण देखिएन

चरिकोट - कोरोना संक्रमित क्षेत्र पर्साको विरगञ्जदेखि दोलखा आएका शंकास्पद दुई जनाको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ । भिमेश्वर नगरपालिकाको आईसोलेसनमा राखिएका उनीहरुको स्वाब संकलन गरी थप परीक्षणका लागि धुलिखेल अस्पताल पठाईएको थियो ।

स्वाब संकलन गरी धुलिखेल अस्पताल पठाईएका भिमेश्वर नगरपालिकाका एक महिला र पुरुषको पिसिआर रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिए । उनीहरु बैशाख ३१ गते पर्साको विरगञ्जबाट दोलखा आएका थिए ।

उनीहरुलाई तत्काल भिमेश्वर नगरपालिकाको आईसोलेसनमा राखी चरिकोट अस्पतालका चिकित्सकहरुले स्वाब संकलन गरेका थिए । रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई १४ दिन क्वारेन्टिनमा बस्नेगरी घर पठाईदैछ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update