Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रवि लामिछाने बिरुद्ध फेरी सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा फेरी रिट परेको छ । नेपाली राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको हो । रिट दर्ता भने भईसकेको छैन । 

लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । सर्वोच्च अदालत प्रशासनका अनुसार  उक्त रिट सच्याउनुपर्ने भएकाले निवेदकले नै फिर्ता लगेका छन् । रिटमा रवि लामिछानेविरुद्ध राहदानीका विषयमा मुद्दा नचल्ने भनी ६ चैतमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरिएको छ ।

त्यस्तै रविले अमेरिकी नागरिक हुँदैमा नेपालको राहदानी कुन कुन समयमा के के प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिकाउन पनि माग गरिएको छ । रिटमा रवि लामिछानेलाई नेपाली नागरिकको रुपमा राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश पनि माग गरिएको छ ।

सरकार वादी हुने फौजदारी मुद्दामा महान्यायाधिवक्ताको निर्णय नै अन्तिम हुन्छ । १३ माघमा सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नागरिकता ऐन अनुसार प्रक्रिया पूरा गरेर नेपाली नागरिकता नलिएको ठहर गर्दै उनको सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update