Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिन्धुपाल्चोकको तातोपानी नाका संचालनमा आउने

काठमाडौं । चीनसँगको सिमा स्थित व्यापारिक नाकाहरु खुल्ने भएका छन् । चीनले बैशाख १८ देखि नेपालसँगका थप दुई व्यापारिक सिन्धुपाल्चोकको तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको हो । चैत १५, अर्थात २९ मार्च मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका १८ वैशाखदेखि खुलाउने निर्णय भएको हो । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ । अब सबै नाका खुल्दै जाने मन्त्रालयका सहसचिव एवम् वार्ता टोली सदस्य डा. नारायणप्रसाद रेग्मीले बताए ।

नेपाल चीन दोस्रो ठूलो व्यापारिक नाका तातोपानी सोही दिनबाट व्यापारका लागि दुईतर्फी रुपमा खुला हुने भएको छ । भन्सार कार्यालयका अनुसार चीनले १८ वैशखबाट नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सूचना पठाएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update