काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजपीडितहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गरेर समस्या समाधान गर्ने प्रधानमन्त्रीको आसवासन छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटरब्याजपीडितहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
मिटरब्याजपीडितहरूका समस्या दीर्घकालीन समाधानका लागि सरकारले ऐन निर्माणको काम थालिसकेको जानकारी प्रधनमन्त्री प्रचण्डले दिए । मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरूमाथि मुद्दा चलाउन सक्नेगरी ऐन तयारीको अन्तिम चरणमा रहेको दाहालले बताए ।
बालुवाटार पुगेका पीडितहरू आफ्ना दुस्ख सुनाउँदा भक्कानिएका थिए । प्रधानमन्त्री प्रचण्डले सुरुदेखि नै आफूले गृह मन्त्रालयलाई यो मुद्दालाई सम्बोधन गर्न निर्देशन दिएको जानकारी पनि दिएका छन् ।