Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको सुरीलाई केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प

चरिकोट । दोलखालाई केन्द्रबिन्दु बनाएर शनिवार भुकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार साँढे ११ बजेको समयमा ५.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।  दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकाको सुरीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आइतबार बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलब दुई म्याग्निच्युडको भूकम्प गएको हो ।भुकम्पको धक्का सदरमुकाम चरिकोट सहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामासमेत महसुस गरिएको थियो । यसअघि पनि दोलखालाई केन्द्रविन्दु बनाएर पटक पटक भुकम्प जाने गरेको छ ।   पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ । 

यसअघि गत चैत १४ गते राति ११ बजेर ४१ मिनेटमा ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ ग्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै चैत १२ गते बाजुरा र १० गते मुगु केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update