Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेशको मन्त्रिपरिषद पुर्नगठनमा सकस

हेटौँडा । बागमती प्रदेशमा मन्त्रालय बाँडफाँटका विषयमा सत्ता गठबन्धन दलहरुबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद बिस्तारमा अन्यौलता उत्पन्न भएको छ । सत्ता साझेदार दलहरुले मन्त्रालय भागबन्डा मिलाउन प्रदेश स्तरमा कार्यदल गठन गरेका थिए । तर कार्यदलले सहमति जुटाउन सकेको छैन ।

सत्ता साझेदार दलहरुबीच कुरा नमिल्दा मन्त्रालय भागबन्डाको विषयमा ठोस निर्णय गर्न बिहीबार आह्वान गरिएको बैठक २ पटक स्थगित गर्नु परेको थियो । कार्यदलमा सदस्यहरूबीच  मन्त्रालय बाँडफाँडको विषयमा अनौपचारिक रुपमा मात्रै छलफल भएको छ । 

एकीकृत समाजवादी कृष्णप्रसाद शर्मा खनालले भागबन्डाका विषयमा कुरा नमिल्ने देखिएपछि बैठकमा सहभागी नभएका बताए । कार्यदलको बैठक आज पुनः बस्नेछ । बागमती प्रदेशमा ११ मन्त्रालयमध्ये एकीकृत समाजवादीले ३ वटा मन्त्रालयको दाबी गरेको छ भने माओवादी केन्द्रले मुख्यमन्त्रीसहित हाल कायम रहेका ४ मन्त्रालय पाउनुपर्ने र कांग्रेस ६ तथा हाम्रो नेपाली पार्टीले एउटामा लबिङ गर्दै आएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update