सिन्धुलीमा करेन्ट लागेर एक जना वालकको मृत्यु, बाबु गम्भिर घाईते
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर अर्का एक जना घाईते भएका छन् । करेन्ट लागेर मृत्यु हुनेमा १२ वर्षीय दिपेश श्रेष्ठ रहेका छन् । उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार बाबु छोरा खेतमा काम गरेर घर फर्कंदै गर्दा बाटो छेउमा रहेको एघार हजार भोल्टेजको मेन लाइनको पोल नजिक छोरालाई करेन्ट लागेको र छोरालाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेको थियो ।
गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारको लागि काठमाडौँ पठाइएको छ । करेन्ट कसरी चुहावट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ ०७:२४
प्रतिक्रिया दिनुहोस्