काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डा टुंगो लगाएको छ । गठबन्धनको शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डा लगभग टुंग्याएको हो । मन्त्रालय टुंगो लगाउन बुधबार साँझ बालुवाटारमा गठबन्धन दलका शिर्ष नेताहरुको बैठक बसेको थियो ।
बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको बैठकमा सहभागि एक नेताले जानकारी दिए । नेताहरुका अनुसार बिहिवार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ । ‘सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ, ती नेताले भने ।’
स्रोतका अनुसार राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ । सहमति अनुसार कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादीले २, जसपाले २, जनमत पार्टीले, लोसपाले, नाउपाले र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १र१ मन्त्रालय पाउने छन् । आम जनता पार्टीका अध्यक्ष प्रभु शाह पनि सरकारमा सहभागी हुनेछन् ।