चरिकोट । दोलखाको जेठो गौरीशंकर बहुमुखी क्याम्पसले आफ्नो ४२ औं वार्षिक उत्सव मनाएको छ । सदरमुकाम चरिकोट स्थित क्याम्पसमा एक समारोहको आयोजना गरी क्याम्पस वार्षिक उत्सव मनाएको हो । २०३८ सालमा स्थापना गरिएको क्याम्पस बुधवारदेखि ४२ औं वर्षमा प्रबेश गरेको छ ।
क्याम्पस संचालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको वार्षिक उत्सव समारोहमा बक्ताहरुले जिल्लाको जेठो शैक्षिक संस्थाले आगामी दिनमा शैक्षिक उन्नयनमा थप फड्को मार्ने विस्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि एवं क्याम्पसका संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठले क्याम्पसको प्रगतिका लागि आफु सदैब लागिपर्ने बताए ।
बागमती प्रदेश सभा सदस्य भरत बहादुर केसी, भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष प्रदिप मानन्धर, प्रमुख जिल्ला अधिकारी शेखर पौड्याल, नेपाली कांग्रेस पार्टी सभापति वर्मा लामा, नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष भीम दाहाल लगायतले क्याम्पसको सुदृढिकरणका लागि सहयोग गर्ने बताए ।
क्याम्पस संचालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो कार्यकालमा क्याम्पसले भौतिक पूर्वाधारका लागि शैक्षिक गुणस्तरमा फड्को मारेको भन्दै खुसी व्यक्त गरे ।
यसैबीच गौरीशंकर बहुमुखी क्याम्पसको ४२ औं वार्षिक उत्सव तथा दोस्रो क्याम्पस सभाबाट अध्यक्षमा अमृत राउत निर्वाचित भएका छन् । आज सम्पन्न दोस्रो क्याम्पस सभाले सञ्चालक समितिको अध्यक्षमा राउतलाई चयन गरेको हो । सभाले सञ्चालक समितिमा निवर्तमान अध्यक्ष राजेन्द्र मानन्धर र सदस्यहरुमा शंकरलाल श्रेष्ठ, घनश्याम रिजाल, श्रीकृष्ण वस्नेत, गोविन्द मानन्धर, विश्वमणि चौलागाई, रमेश खतिवडालाई चयन गरेको छ ।
यस्तै समितिमा डा. जानुका न्यौपाने, रामकृष्ण केसी, रामजी चौलागाईं, सदस्य सचिव–शान्त केसी, त्यस्तै पदेन सदस्यहरू, जिल्ला समन्वय समित, भीमेश्वर नगरपालिका, ३ नम्बर वडा अध्यक्ष, प्राध्यापक संघ अध्यक्ष, विद्यार्थी प्रतिनिधि र त्रिविवि प्रतिनिधि रहेका छन् ।