चरिकोट । दोलखा भीमेश्वर नगरपालिका–९, स्थित लाकुरीडाँडामा खसी बोका किन्ने भन्दै गाउँ छिरेका युवाहरुले स्थानीयको गरगहना र नगद चोरी गरेका छन् । खसीबोका किन्न भन्दै उनीहरु गाउँ छिरेका उनीहरुले स्थानीय एक बृद्धाको गरगहना र नगद चोरी गरी फरार भएका थिए ।
उनीहरुलाई मंगलबार स्थानीयले नियन्त्रणमा लिएर प्रहरीकोमा बुझाएका छन् । खरिढुंगा प्रहरीका अनुसार चोरी कार्यमा संलग्न एक जनाले आफ्नो ठेगाना भीमेश्वर नगरपालिका ७ र अर्का एक जनाले च्यामा बताएका छन् । उनीहरु खसी बोका बेच्ने बाहाना गर्दै गाउँ छिरेको र सुन, गरगहना र नगद चोरी गर्ने कार्यमा संलग्न रहेको पाईएको प्रहरीले जनाएको छ ।
बृद्धाको गरगहना र नगद चोरी भएपछि खोजी गर्ने क्रममा उनीहरुलाई भीमेश्वर नगरपालिका वडा नम्बर ९ भण्डारेका स्थानीयले फेला पारेका हुन् । उनीहरुको साथबाट चोरी गरेको गरगहना र नगद समेत बरामद भएको छ । घट्नाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।