Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रामेछापको मन्थली नजिकैको वन क्षेत्रमा दुई दिनदेखि डढेलो

मन्थली । रामेछापको सदरमुकाम नजिकैको जंगलमा दुई दिनदेखि डढेलो लागिरहेको छ । दुई दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलो जंगलको ठुलो क्षेत्रफलमा फैलिएको छ । बस्तीबाट नजिकै रहेको जंगलमा जताततै डढेलो फैलिएपछि स्थानीय त्रसित बनेका छन् ।

मन्थली नगरपालिका ७ र ८ को जंगलमा सोमबार अपराह्नदेखि डढेलो सुरु भएको थियो । उक्त डढेलो चिसापानीसम्म फैलिएको स्थानीयले जानकारी दिएका छन् ।  बडीमुहान क्षेत्र र चिसापानी क्षेत्रबाट डढेलो निभाउनका लागि मन्थली नगरपालिका, सुरक्षाकर्मी र स्थानीयले गरेको प्रयास सफल हुन सकेको छैन । 

त्यसैगरी सानीमदौ सामुदायिक वन क्षेत्रमा पनि डढेलोले ठूलो रुप लिएको छ । जंगल नजिकै केही बस्ती रहेकाले बस्तीतर्फ डढेलो आउन नदिने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।  मन्थली आसपासको ठुलो जंगल मानिएको उक्त क्षेत्रमा जंगली जनावरको बाक्लो बसोबास मानिन्छ । मन्थली वडा नं ५ को सुनारपानी र वडा नं २ को पिप्लेपाखामा लागेको डढेलो भने स्थानीयको प्रयासमा नियन्त्रणमा आएको छ । 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update