जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाण्डौं । जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । द्वन्द्वपीडितहरूले जनयुद्ध दिवस खारेज गर्नुपर्ने मागसहित आज सर्वोच्चमा रिट दिवेदन दिएका हुन्।
जनयुद्ध दिवस बारे रिट आएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए । ‘रिट आएको छ, यसबारे हामीले अध्ययन गरिरहेका छौं,’ उनले भने।
सरकारले गत फागुन १ गते ुजनयुद्ध दिवसु का दिन सार्वजनिक बिदासमेत दिएको थियो। मन्त्रिपरिषदले आगामी वर्ष पनि फागुन १ गते ुजनयुद्ध दिवसु मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।
ुजनयुद्ध दिवसु लाई उत्सवका रूपमा सरकारले मनाउन लागेको भन्दै आलोचनासमेत भएको थियो।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १८:१८
प्रतिक्रिया दिनुहोस्