Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिएका छन् । ११० सदस्यीय प्रदेशसभा रहेकोमा ६७ सांसदले मुख्यमन्त्री जमकट्टेलको पक्षमा विश्वासको मत दिए । विश्वासको मतको विपक्षमा १७ मत मात्रै परेको छ । ७ जना सांसद तटस्थ बसेका छन् ।

प्रदेशसभाको विश्वास छ भनेर देखाउन मुख्यमन्त्रीले कम्तीमा ५६ सांसदको समर्थन जुटाउनुपर्ने थियो । उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पनि पूरा हुन नपाउँदै उनले दोस्रोपटक विश्वासको मत लिएका हुन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै राप्रपाका ३ जना मन्त्रीहरुले फागुन १३ गते राजीनामा दिंदै सरकारको समर्थन समेत फिर्ता लिएका कारण मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार पुनः विश्वासको मत लिएका हुन् । समिकरण बदलिएसँगै एमालेका मन्त्रीहरुले पनि सरकार छाडेका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update