Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पेट्रोल सेवन गरेका दोलखा सुन्द्रावतीका एक नावालकको मृत्यु

चरिकोट । पेट्रोल सेवन गरेका दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर–९, सुन्द्रावतीका एक नावालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्द्रावती निवासी मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाई रहेका छन् । उक्त परिवार हाल सिंगटीमा पसल संचालन गर्दै आएको थियो ।

पारिवारिक स्रोतका अनुसार नावालकले कोठामा राखिएको पेट्रोल पिएका थिए । त्यसपछि नावलकको अवस्था गम्भिर बनेको थियो । बाईकमा प्रयोग गरेर बाँकी रहेको पेट्रोल पाइप सहित कोठामा राखिएको थियो । सोही पेट्रोल वालकले सेवन सेवन गरेको बताईएको छ । 

पेट्रोल पिएर गम्भिर भएका बालकलाई उपचारका लागि दोलखा स्थित धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो । 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update