Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
स्थानीय सरकारले बाँकी अबधिमा प्रतिफलमुखि काम गर्नुपर्छ

–रुद्र बहादुर खड्का (पुर्व जिविस सभापति, दोलखा)
तीन वर्षको कार्यकाललाई हेर्दा संविधानले दिएको अधिकार कार्यान्वयन र व्यवस्थित गर्ने, वाझिएका ऐन नियमहरु कसरी मिलाउने भन्ने विषयमा उहाँहरुको केही समय लाग्यो । तथापि पनि उहाँहरुको प्रयत्न जारी रहेको अनुभुति गरेको छु । विशेषगरी हाम्रो समाज तातै खाँउ जलि मरुं भन्ने किसिमको छ । गरिबी, अशिक्षा, स्वास्थ्यपचारका थुप्रै समस्याहरु छन् । पूर्वाधारका समस्या अझै कायम छन् । यस्तो बेला जनताका आकांक्षा धेरै हुन्छन् । त्यो आकांक्षालाई परिपुर्ति गर्न स्थानीय तहको तीन वर्षे कार्यकाल केही हदसम्म सफल भएको अनुभुति गरेको छु । सिमित साधन र स्रोतको कारणले जति हुनुपथ्र्यो, त्यो त हुन सकेको छैन ।

स्थानीय तह संविधानले परिकल्पना गरेको अत्यन्तै महत्वपुर्ण संस्था हो । एउटा पार्टीबाट निर्वाचित भएपनि जनप्रतिनिधिहरु सिस्टम बसालेर सबै जनताको साझा भएर काम गर्नुपर्छ । यदाकदा अहिलेको स्थानीय तहमा पार्टीको लगाम, पार्टीको निर्देशन, संघिय सरकारको लगाम जस्ता कारणहरुले पनि जनप्रतिनिधिहरुले पुर्ण क्षमतामा काम गर्न नसकेको पक्का हो । त्यसका धेरै उदाहरणहरु छन् ।

जनताबाट निर्वाचित भएपछि स्थानीय तहलाई सबैको साझा संस्थाको रुपमा विकास गर्नुपथ्र्यो । तर पार्टीले गाईडेड गर्दा समस्या आएको छ । त्यसले गर्दा राम्रो काम गर्ने प्रतिनिधिलाई पनि असजिलो महसुस गर्ने अवस्था छ । जनप्रतिनिधिहरु पार्टीको हस्तक्षेपबाट मुक्त हुन सक्नुभएको छैन ।
जनताको खास समस्या स्वतन्त्र रुपमा पहिचान गरेर निर्भयपुर्वक काम गर्ने वातावरण भएन की भन्ने लागेको छ । जो जनताबाट निर्वाचित हुनुभो, उहाँहरुले के सम्झिनुपर्छ भने म अव जनताको प्रतिनिधि भएं, मेरा कार्यभारहरु यी हुन्, जो मैले स्वतन्त्र रुपमा गर्न पाउनुपर्छ भन्ने उदेश्य राख्नुपर्छ । तर कतिपय गाउँपालिका प्रमुखहरु पार्टीको हितमा काम गरेको देखिन्छ । सरकारी पैसामा पार्टीको कार्यक्रम पृष्ठभुमिमा राखेर काम गरेको पनि देखिएको छ । त्यसो गर्नुभएन ।

नेपाली कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित प्रतिनिधिहरुले गर्ने काममा हस्तक्षेप गरेको छैन । हस्तक्षेप नगरेपछि उहाँहरु स्वतन्त्र ढंगले काम गर्न पाउनुभएको छ । उहाँहरु पार्टीको काममा संलग्न हुनुहुन्न । पार्टीकरण गर्ने र एकक्षिय जनता हाम्रा होईनन् भन्ने सोच राखेर योजना बनाउन थाल्दा बिवाद स्वभाविक रुपमा हुन्छ । त्यसपछि निराशा र वितिष्णा उत्पन्न हुन्छ । त्यसैले उपलव्ध स्रोतसाधनलाई पारदर्शी रुपमा परिचालन गर्ने परिपाटी बसाल्नुपर्छ ।

अव आ आफ्नो गाउँ नगर क्षेत्रभित्र प्राथमिकताको आयोजना पहिचान गर्न सक्नुपर्यो । त्यसमा दुई किसिमको आयोजनाहरु हुन्छन्, अल्पकालिन र दिर्घकालिन । त्यसको पहिचान गर्न सक्नुभयो भने अझैपनि दुई वर्षको समय छ । ग्रामिण सडकलाई बाह्रै महिना चलाउनसक्नेगरी स्तरोन्नती गर्न आवश्यक छ । त्यसो गर्दा अन्य सानातिना विकास गर्न सहज हुन्छ । स्थानीय स्तरका कृषिजन्य उत्पादन बजारीकरण गर्न सकिन्छ ।

अर्को कुरा सुशासन दिनसक्नुपर्यो । त्यसमा लोभलालच हुनुभएन । निष्पक्षता हुनुपर्यो । त्यसो भयो भने बाँकी अवधिमा धेरै काम गर्नसक्ने अवस्था छ । तीन बर्षको अनुभवबाट जनप्रतिनिधिहरु धेरै खारिसक्नुभएको छ । हिजोको जस्तो भन्दा नयाँ तरिकाले काम गर्नुपर्छ । नयाँ सोचका साथ काम गर्नुपर्ने हुन्छ ।

कसरी आत्मानिर्भर हुने हो ? आफुसँग के योजनाहरु बनाउँदा बढि प्रतिफल आउँछ, भन्ने तर्फ उहाँहरुले ध्यान पुर्याउन आवश्यक छ । ऐन, नियम कानुन निर्माणका धेरै काम भैसकेका छन् अव काम गरेर देखाउने समय हो । अबको दुई वर्ष साँच्चै जनताको प्रतिनिधिको रुपमा काम गर्नेतर्फ ध्यान जाओस् भन्ने सुझाव दिन चाहन्छु । -कुराकानीमा आधारित 

पुर्व जिविस सभापति खड्काले २०७५ कात्तिक ८ गते दोलखा स्थानीय तहबारे प्रस्तुत गरेको विचार यस्तो छ :

संघिय संविधान अनुरुप सवै तहको निर्वाचन सम्पन्न भैसकेको र कार्यन्वयन को चरणमा रहेकोले अव हाम्रो लक्ष भनेको सवै दलले जनताको दैनिकी र सम्वृद्दि लागि काम गर्ने भनि गरेका प्रतिवद्दको साथ घरदैलोमा पुगी जनमत जितेको हामीले विर्सनु हुदैन। हामी जनता बाट अनुमोदित भै सकेकाछौ। लोकतन्त्रको सवै भन्दा सुन्दर पक्ष भनेको नै जनताको अभिमत हो भन्ने भित्री आसयलाई हामिले कदापी विर्सनु हुदैन र हेलचेक्राई पनि गर्नु हुदैन। २००७ को परिवर्तन पछि जनता कसैको पक्षमा रहिरहन्छन भन्ने सोचलाई आज सम्मको राजनितिक यात्रले सवैलाई पाठ सिकाएको नै छ। कसैले पनि जनता भन्दा माथि हुन खोजे त्यसको अवशान पनि ढिलोचाडो भएको इतिहास हामी माँझ ताज छदैछ।

अव हाम्रो सामु राजनितिक मुद्दा छ भन्ने मलाई लाग्दैन। कसैले राजनितिक मुद्दालाई वोकेका भए पनि ब्यक्तिगत स्वार्थ र अर्काको प्रभावमा परि गर्ने घटना मात्र हुने मेरो ठहर रहेकोछ। २०६२र०६३ पछि नेपालका सवै राजनितिक दलहरुले आ(आफ्नु वाद र विचारलाई एउटै टेवलमा वसी अन्ते गर्दै २००७ साल देखि थाति रहेको संम्विधान सभा मार्फत सम्विधान निर्माण गरि निर्वाचन समेत सम्पन्न गरि सकेकाले अव जनताको दैनिकी र समग्र सम्वृद्दि गर्नुको विकल्प छैन।

जिम्मेवार पुर्व जनप्रतिनिधि, नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको पराजित सदस्य, नेपाली कांग्रेस दोलखा को सभापतिको गरिमालाई मध्यनजर राख्दै दोलखाको सम्वृद्धिको लागि आगमि दिनहरुमा गाउँ पालिका र नगर पालिकाहरुले आफ्नु योजन तर्जुमा गर्द ध्यान दिनु पर्ने
योजनाहरुलाइ प्रार्थमिक्तामा राखि कार्यन्वयन गर्नु गराउनु हुन सुझाव दिने प्रयत्न गरेकोछु। मलाई लागेका गर्नु पर्ने मेरो सुझावलाई आवश्यक्त र औचित्यको आधरमा कार्यन्वयनको चरणमा लाग्न पनि अनुरोद गर्दछु।

विगु गाउँपालिका :
यो गाउँ पालिका दोलखाको महत्वपुर्ण साधन श्रोत भएको मध्यमा पर्दछ। वैदिक काल देखि विकासको क्रममा रहेको यो क्षेत्र धर्म संस्कृति, जातजाती र भेषभुषाले विशिष्ट पहिचान बनाउदै आएको प्रसस्तै उधारण रहेकोछ। बौद्ध धर्मलम्वीहरुको महान तिर्थस्थल लप्ची हुनु र हिन्दु धर्मलम्वीहरुको देवताहरुको पनि देवता शिवजीको९महादेव० घर मानियको देउलांगेश्वर समेत यसै गाउँ पालिकामा रहेकोले पनि छुट्टै महत्व हुनेनै भयो।
यस गाउँ पालिकाको विकासको योजना तर्जुमा गर्द शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, सडक, विध्दुतिकरणको अतिरिक्त धार्मिक पर्यटन , जडिवुटी , खानी र जलश्रोतलाई प्राथमिकिकरण गरि योजना बनाउनु उपयुक्त हुने मेरो वुझाइ रहेकोछ।

गौरिशंकर गाउँपालिका :
यो गाउँ पालिका दोलखाको पहिचान दिने र महत्वपुर्ण साधनश्रोत भएको गाउँ पालिका पर्ने भएकोले यस्को दिर्घकालिन योजना निर्माण गरि कार्यन्वयनमा लाग्नु पर्ने हुन्छ। गौरिशंकर हिमाल, छ्योरोल्पा ताल, चेर्दुंग जस्ता चर्चित स्थानहरुलाई धार्मिक एवं पर्यटकिय दृष्टिकोणले विकास गर्न सके वलियो आर्थिक सम्वृद्धिको ढोका खोल्न महत्वपुर्ण भूमिका खेल्न सक्छ। जलश्रोत, खानी, जडिवुटी प्रशस्तै रहेको यो गाउँ पालिकामा लगानी मैत्री र सुरक्षित वातवरण निर्माण गर्नु पर्ने हुन्छ।

कालिनचोक गाउँपालिका :
थामी र शिवाकोटीहरुको उद्गमस्थल रहेको यो गाउँ पालिका विकासको क्रममा रहेको गाउँ पालिका मध्येको हो। सडक यात़यात र अन्य विकासको राम्रै प्रगति गरिरहेकोले कृषि, पशुपालन, फल्फुल, उध्योग, कलकार्खनको अतिरिक्त धार्मिक पर्यटकलाई ब्यवस्थित गर्दै संस्कृत ग्रामको अवधारण अगाडी वडाउन सके नेपालको पहिचान युक्त क्षेत्र हुने थियो।

वैत्यश्वोर गाउँपालिका :
बाक्लो वस्ति र कृषियोग्य जमिन प्रशस्तै रहेको यो गाउँ पालिका अन्यको तुलनामा पुर्वाधार भएको गाउँ पालिका हो। लगानी मैत्री र सुरक्षित वातवरण निर्माण गरि वजारीकरणको लागि उत्तम हुन्छ भन्ने लाग्छ। जिल्लाको मध्य भागमा रहेको कारण शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको केन्द्र ९हव० बनाउन उपयुक्त हुन्छ। राजमार्गले छोएको कारण ठुला तथा मझ्यौला उध्योगहरु स्थापन गरि रोजगारीको अवशर सृजना गर्न सकिन्छ भन्ने मेरो सुझाव रहेकोछ।

तामाकोसी गाउँपालिका :
जिल्लाको तल्लो भागमा पर्ने यो गाउँ पालिका अन्यको तुलनामा विकासशील क्षेत्रको रुपमा रहेकोछ। नेपालकै पहिलो विदेशी लगानी वाट निर्मित खिम्ती जलविध्युत आयोजना ,प्रस्तावित तामकोसी(३ को विध्युत गृह र निर्माणको क्रममा रहेको खिम्ती (२ हुनुको अतिरिक्त राजमार्ग समेतले छोएको हुनाले यस्को महत्वपुर्ण पक्ष रहेकोछ। अल्मकालिन र दिर्घकालिन योजनाको साथ कार्यन्वयनमा लागेमा नमुना गाउँ वनाउन सकिन्छ भन्ने मेरो बुझाई रहेकोछ।

मेलुंग गाउँपालिका:
एैतिहासिक र वाक्लो वस्ती रहेको यो गाउँ पालिका शैलुंग देखि तामकोसी किनार सम्म अवस्थित रहेकोले कृषि, पशुपालन, फलफुलमा अव्वल हुन्छ भन्ने लाग्दछ। राजमार्गले छोएको कारण उध्योग कलकार्खन खोल्न र शिक्षा स्वास्थ्य क्षेत्रमा विकास गर्न उपयुक्त हुन्छ।

शैलुंग गाउँपालिका:
दक्षिणी भुभागमा अवस्थित शैलुंग र नेपालको राजधानी बाट नजिक हुनु यो गाउँ पालिकाको महत्वपुर्ण विशेष्त रहेकोछ। पर्यटन , कृषि, आलु, फलफुल र शहरीकरणको लागि उपयुक्त स्थान हुने भएकोले यस्को विकासको योजना वनाउनु उपयुक्त हुन्छ।

भिमेस्वर नगरपालिका:
एैतिहासिक एवं सुन्दर नगरको अतिरिक्त दोलखाको सदरमुकाम हुनु यो नगर पालिकाको महत्वपुर्ण पक्ष रहेकोछ। पुर्वाधारले सहज वनाइ सकेको हुनाले पनि जिल्लाको अन्य क्षेत्रको तुलनामा अव्वल दर्जमा पर्दछ। धार्मिक पर्यटकमा ख्याति कमाई सकेको हुनाले ब्यवस्थित शहरलाई चाहिने पुर्वाधार र लगानी मैत्री वातवरण सृजना हुने योजनाका साथ काम गर्ने हो भने नेपालको गन्तव्य मध्येको स्थान भिमेस्वर नगर पालिकालाई वनाउन सकिन्छ।

जिरी नगरपालिका:
नेपाल सरकारले पर्यटकिय नगरीको हैसियतमा घोषण गरेको यो नगर पालिका आफैमा भिन्न चरित्र भएको नगर पालिका हो। जिरेल जातिको उद्गम स्थल रहेको र दोलखाको समग्र विकासको थालनी यहिबाट स्विट्ज़रलैंड सरकारको सहयोगमा शुरु गरिएको थियो। सगरमाथ जाने मुख्य द्वारको उपमा पाएको जिरी नेपालको स्विट्ज़रलैंड भन्ने पनि गरिन्छ। स्विस सरकारको सहयोगमा निर्मित लामोसांगु जिरी सडकको कारणले दोलखाको विकास सम्भव भएको श्रेय पनि जिरीनै हो भन्न सकिन्छ। विगत ६० वर्ष देखि विकासको अनेक तौरतरिकामा अभ्यस्त जिरी आफ्नु नगर क्षेत्रको अल्पकालिन र दिर्घकालिन योजनलाइ कार्यन्वयन गर्ने हो भने जिरी नेपालको अर्कों गन्तव्यको विकास गर्न सक्छ भन्ने मेरो विस्वास रहेकोछ।

माथि उल्लेखित विषयलाई स्थानिय सरकारको हैसियतमा रहेको स्थानिय तहले नितिनिर्माण गरि एैनकानुन मार्फत कार्यन्वयनको लागि तत्परता देखाएमा सम्भव छ भन्ने लाग्छ। आफ्नु गाउँ पालिका र नगर पालिकाको साधन श्रोतलाई दृष्टिगत गरि सोहि मुताविकको निति अवलम्वन गर्न र लगानी मैत्री एवं सुरक्षाको प्रत्याभुति हुने वातवरण सृजना गर्न पनि अनुरोध गर्दछु । 

दोलखा हिमाली जिल्ला भएको कारण अधिकांश क्षेत्र टिवेट संग जोडिएकोछ। टिवेटको द्रुतगतिमा भैरहेको विकासलाई पनि मध्यनजर राख्दै हिमाली क्षेत्रमा रहेका गाउँ नगरले हालको सडक यात़यातको अतिरिक्त सुरुंग मार्ग र केवल कारको विकास गर्ने निति अवलम्वन गर्न जरुरी ठान्दछु। जस्को माध्यम बाट छ्योरोल्पा ताल लप्चि जस्ता विस्व प्रख्यात स्थानहरुमा पुग्न सहज होस। कल्पना गरु मार्वुको कोप्लांग बाट छ्योरोल्पा ताल सम्म पुग्न २र३ किलोमीटर सुरुंग मार्ग भए पुगिन्छ।

मेरो सवै जनप्रतिनिधिहरु संग विनम्रतापूर्वक अनुरोद छ की कम्सेकम हरेक वर्ष दिर्घकाल सम्म उपयोगमा आउने योजना वनाउनुस, भावी पुस्ताले पनि देख्न र उपयोग गर्न पावस। चाहे खेल मैदान होस या पार्क, पुर्खाले परिकल्पना गरेका मठमन्दिर होस या नया सुरुवात। हाम्र पुर्खाले परिकल्पना गरेका केहि उधारण हरु हामी संग अहिले पनि छदैछ जस्तै कालिन्चोक मा भगवतीको मन्दिर हुनु त्येसैको सिधा पारि पट्टी चेर्दुंग मा महादेवको मन्दिर हुनु, शैलुंगमा हिन्दु र बुद्दिष्ठहरुको संयुक्त मन्दिरहरु हुनु र गौरिशंकर हिमाललाई पुजा गर्ने जस्ता पद्दतिको विकास गरेको पाइन्छ। त्यसै गरि दोलखामा हाइड्रो पावर एवं पर्यटनको प्रचुर सम्भावन भएको हुनाले लगानी मैत्री र सुरक्षाको प्रत्याभुति दिने निति अवलम्वन गर्दै बन्दाहडताल जवर्जस्त गर्नेहरुको अन्ते गरौ र अव निमार्ण उन्मुख आयोजनाहरुको लागि स्थानिय र सरोकार एवं लगानी कर्ता विच कहिलेही द्वन्द निम्य्याउने प्रवृत्तिको पनि अन्ते गरौ।

अन्तमा शिक्षित समाज निर्माण गर्न, विकट्ता बाट सुगम्तामा ल्याउन र गरिवीबाट उन्मुक्ति पाउन एवं रोजगारी सृजना हुने दिगो विकासमा सवैको ध्यान जाओस् र लोकतान्त्रिक विधि र कानुनलाई अक्षरस पालन गर्दै सुखि, शान्त र सम्वृद्द नेपालको परिकल्पनालाई साकर पारौ।
-जय नेपाल 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update