प्रधानमन्त्रीले फेरी भने : राष्ट्रिय सहमतिको विकल्प छैन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको कुरा दोहोर्याएका छन् । संकट र सम्भावना दुबैले राष्ट्रिय सहमतिको माग गरेको उनले बताए । सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरु विभाजित हुन र एमाले र राप्रपालाई विश्वासको मत दिएर राष्ट्रिय एकतामा सहभागी हुन आग्रह समेत गरे ।
उनले राष्ट्रिय हित र स्वाभिमानलाई उच्च प्राथमिकता दिँदै छिमेकी मुलुक र बाँकी विश्वसँग आत्मसम्मानपूर्ण सम्बन्धका लागि राष्ट्र एकतावद्ध हुनु पर्ने र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन आमसहमति अनिवार्य देखेको बताए ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १४:११
प्रतिक्रिया दिनुहोस्