Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पाँच जना डीआईजी एआईजीमा बढुवा

काठमाडौं । सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । गृहमन्त्रालयको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा भएका हुन् । 

गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले बढुवा भएका ५ जनामध्येबाटै प्रहरीको नेतृत्व छनौट हुनेछ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update