चरिकोट । दोलखाको जिरीस्थित जिरी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचनबाट स्ववियु सभापतिमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट ज्योति खड्का बिजयी भएकी छन् । खड्काले २ मत बढी ल्याएर गठबन्धनका उम्मेदवार विनोद बस्नेतलाई पराजित गरेकी हुन् ।
उनले २३ मत पाएर विजयी हुँदा गठबन्धनका उम्मेदवार बिनोद बस्नेतले २१ मत पाएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै सचिबवमा भने गठबन्धनका लिला जिरेल २३ मत पाएर विजयी भएका छन् ।
कोषाध्यक्ष अनेरास्वयुकै लक्ष्मी कार्की र सदस्यहरुमा अखिलकै आकृति खड्का,कुशल कार्की र सरोजकुमार जिरेल निर्वाचित भएका छन् ।
उक्त क्याम्पसमा सचिव पदमा मात्रै गठबन्धनका लिला जिरेल बिजयी भएका छन् । अन्य सबै पदहरुमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानलनै विजयी भएको छ ।