Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने व्यवस्था मिलाईदिन संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् । उनले यही चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि बिहीबार पत्र पठाएको जानकारी दिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने एजेन्डा चैत ६ गतेको कार्यसूचीमा समावेश गरिदिनू भन्दै पत्र पठाउनुभएको छ,ु प्रवक्ता गिरीले भने । प्रधानमन्त्री दाहालले यसअघि एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गर्दा पुस २६ मा विश्वासको मत लिएका थिए । राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा कांग्रेससँग गठबन्धन गरेका दाहालले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।

वर्तमान सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update